नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले उपसभामुख निर्वाचित भएपछि

२०७९ माघ ७, शनिबार १३:५४

७ माघ, काठमाडौं ।

शनिबार प्रतिनिधिसभामा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कि सांसद राना मगर १६६ मतका साथ उपसभामुखमा निर्वाचित भएकी हुन् ।

नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले उपसभामुख निर्वाचित भएपछि सञ्चारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिँदै संविधानले व्यवस्था गरेको भूमिकालाई इमान्दारिताका साथ निभाउने बताएकी छन् ।

पार्टीमा आफूलाई सबैले आमा भन्ने गरेको भन्दै उनले भनिन्, ‘आजबाट ठूलो परिवारमा भित्रिएको छु । तटस्थ र इमादारिताका साथ भूमिका निभाउँछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?