सन्दीपको निलम्बन फुकुवा प्रति गगन थापाले जनाए आपत्ति

२०७९ माघ २०, शुक्रबार १६:०५

माघ १९ गते काठमान्डौ

शुक्रबार साँझ फेसबुक बाट थापाले बलात्कार जस्तो गम्भीर अभियोग लागेको व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन नहुनेमा आफू स्पष्ट रहेको बताएका छन् ।

“अदालतमा विचाराधीन मुद्दाका अभियुक्तलाई क्यानले निलम्बन फुकुवा गरेको सम्बन्धमा मेरो धारणाका बारे धेरैले सामाजिक सञ्जालमार्फत प्रश्न गर्नु भएको छ । मेरो धारणा स्पष्ट छ– बलात्कार जस्तो गम्भीर अभियोग लागेको व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन सक्दैन, पाउन हुन्न,” उनले भनेका छन् ।

उनले बलात्कारजस्तो गम्भीर अभियोगमा अदालतमा मुद्दा विचाराधीन भएको बेला क्यानले हतारमा गरेको निर्णय गलत रहेकाले तत्काल फिर्ता लिनुपर्ने मागसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?