जनकपुरधाम,(कुमार पंकज) ।
धनुषा जिल्लाको मुखियापटी मुशहरनिया गाउँपालिकामा अध्यक्ष कप किक्रेट प्रतियोगिताको उद्घाटन गरिएको छ । आइतबार बाट सुरु भएको अध्यक्ष कप प्रतियोगिताको गाउँपालिका अध्यक्ष जयकुमार यादवले उद्घाटन गरेका हुन ।

रामआषिश यावद
मुखियापटी मुशहरनिया गाउँपालिकाको आयोजना र फेचहा युवा क्लबको संयोजक्तमा अध्यक्ष कप प्रतियोगिता संञ्चालन गरिएको रामआशिष यादवले जानकारी दिनु भएको छ । आइतबार देखि सुरु भएको गाउँपालिका अध्यक्ष कप किके्रट प्रतियोगितामा जम्मा पालिकाभरीका खेलाडी र टिमको सहभागिता रहेको छ ।

रामअशिष यादव
आइतबारबाट सुरु भएको किक्रेट प्रतियोगिता ४ नं.वडा अध्यक्ष श्री उदयचन्द्र झाक अध्यक्षता एवम गाउँपालिका अध्यक्ष जयकुमार यदवको प्रमुख अतिथि एवम पूर्व सांसद् श्री कवीन्द्रनाथ ठाकुर,गा.पा.उपाध्यक्ष श्रीमती सैदा खातुनलगायतक गा.पा.क विशिष्ट व्यक्ति तथा खेलाडी र सर्वसधारण दर्शकहरूको उपस्थित रहेको थियो ।
कार्यक्रमलाई उद्घाटन गर्दै गा.पा अध्यक्ष “यादवले खेलकुद आफैमा राम्रो पक्ष रहेको छ । आजको समयमा युवाहरुको क्रिकेट लगायत अन्य खेलमा रुचि बढ्दै गएको बताए । भोलिको दिनमा यसै खेलाडीहरु बाट कुनै खेलाडीले देश समाजको नाम चिनाउने हुन्छ । यसबाट किशोरहरुको वृद्धि विकास, आत्मबल बलियो बनाउन, शारिरीक विकासको साथ यस पालिका भित्र लुकेको प्रतिभालाई प्रदर्शन गर्ने अवसरको रुपमा लिनुपर्नेमा जोड दिए । नेपालमा पनि क्रिकेटको भविष्य राम्रो भएको हुँदा अभिभावकहरु आ आफना किशोरकिशोरीहरुलाई खेलकुदको माध्यमबाट अगाडी बढाउनमा हौसला प्रदान गर्नुपर्ने आजको आवश्यक्ता रहेको महसुस गर्दै आउदो दिनमा हाम्रा नभई राम्रा एवं प्रतिभावान खेलाडीलाई छनौट गरी जिल्लास्तरिय, प्रदेशस्तरिय एवं राष्ट्रिय स्तरको खेलमा भाग लिने सक्ने सम्भावना व्यक्त गरे ।”






