विधालयमा नै खाजा खुवाउन थले पछि विद्यार्थीहरु विधालय मै टिक्न थले

२०७९ चैत्र ३, शुक्रबार ०७:२९

सर्लाही,(कुमार पंकज)/
सर्लाहीको पर्सा गाउँपालिका वडा नम्बर २ संग्रामपुरमा रहेको श्री नेपाल राष्ट्रिय बैजु जनता माध्यमिक विद्यालयले विद्यार्थीहरूलाई दिवा खाजा खुवाउन थालेपछि बिधार्थीहरु बिधालयमा टिक्न थालेका छन् । विद्यार्थीहरू अहिले विद्यालयमा नै खाजा खान पाइने भएपछि खुसी भएका छन् । अहिले विद्यालयमा विद्यार्थीहरूको संख्या पनि बढ्दै गएको छ। अहिले विद्यालयमा दिवा खाजा खान पाउँदा निकै सजिलो भएको अध्ययनरत बिधार्थीहरु बताउँछन् । विद्यालयमा अहिले ज्याउलो तरकारी, खिर, खिचडी दिनदिनै फरक फरक खाने गरेको छ । विद्यालयमा नै खजा खुवाउन थाले पछि अभिभावकहरुलाई सजिलो र सहज भएको अभिभावकहरुले बताउँछन् ।

अहिले विद्यालयमा अध्ययनरत ९०० जना विद्यार्थीहरूलाई दिवाखाजा खुवाउने गरेको विद्यालयका प्रधानाध्यापक सुरेन्द्र रजकले बताए । उनले विद्यालयमा दिवाखाजा खुवाउन थालेपछि विद्यालयमा भर्ना भएका अधिकांश विद्यालयमा विद्यार्थीहरू आउने गरेको बताए । खाजा खुवाउन थाले देखी सबै विद्यार्थीहरू ४ बजेपछि मात्रै फर्कन्छन्छन् उनले भने । उनले विद्यार्थीहरूलाई बसेर आनन्दले पढ्न मिल्ने वातावरणको सिर्जना हुँदैन, तबसम्म पठनपाठन प्रभावकारी हुदैंन, त्यही भएर विद्यार्थीहरूलाई उत्सुक र पढाइप्रति जागरुक बनाउने उद्देश्यले यस्तो कार्य गरेका हौं ।

पर्सा गाउँपालिकाको सामुदायिक विधालयहरुमा जाँदा कतै दिवा खाजा सञ्चालन भएको पाइयो भने धेरै ठाउँमा सञ्चालन भएको पाइएन् । दिवा खाजा सञ्चालन नभएको बिधालयमा बिधार्थीको उपस्थिती न्यून रहेको थियो । यो विधालय वि.स. २०१२ सालमा स्थापना भएको र हाल सम्म प्लस टु सम्मको पढाईहरु सञ्चालन भैरहेको छ । यो बिधालयको अवस्था अझै सुधार गर्न स्थानिय सरकारले ध्यान दिनुपर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?