जनकपुरधाम,(कुमार पंकज)/
महोत्तरीको पिपरा गाउँपालिका वडा नं. ४ स्थित रहेको हनुमान मन्दिरमा सडक विभागले चैत २२ बुधबारको दिन तोडफोड गरिदिएपछि केही बेर अवस्था तनावग्रस्त बनेको थियो । आज पनि स्थानीय बासीले केहि बेरको लागि जनकपुर- जलेश्वर सडकखण्डलाइ चक्का जाम गर्ने प्रयास गरेको थियो ।
उक्त समस्यालाइ समाधान गर्नको लागि केही बेरको लागि गाउँको बासी मन्दिरको महान्थ र प्रमुख जिल्ला अधिकारीको मिलेर बैठक बसेका थिए । बैठकबाट स्थानीय बासिले आफ्नो सुनासो पोख्दै भने” मन्दिरको पर्खाल भत्काए पछि मन्दिर परिसर भित्र भगवानको मुर्ति (प्रतिमा)मा धुलो पार्ने गरेको छ। पर्खाल न भए पछि पुजा समाग्रीहरुलाई कुकुरले पछुतो बनाइदिदा पुजारीलाई पुजापाठ गर्नमा पनि समस्या भइरहेको छ । बसेको बैठकको निर्णय अनुसार तत्कालीन बासको घेराउ गर्ने र भगवानको मुर्तिमा धुलो न परोस् त्यसको लागि दैनिक रुपमा पानी छर्किने निर्णय भएको हो । सो निर्णय सबैको सहमति भएको हो ।
सो वडाका पूर्व वडाध्यक्षकै पालामा सडक विभागले मन्दिर सडक विस्तारको क्रममा अतिक्रमितमा परेको भन्दै हटाउनको लागि भनिएको बुझिएको छ । चैत्त २३ गते विहिबार हनुमान जयन्तीको अवसरमा हिन्दु धर्मावलम्बीहरुले भव्य पूजा र शोभायात्रा निकाल्ने तयारी गरेको बेला सडक विभागले हनुमानजीको मन्दिर तोडफोड गरेपछि स्थानीयहरु विरोधमा उत्रेका थिए ।






