उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा निरक केसी विजय

२०८० बैशाख ५, मंगलवार ०६:५३

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्षमा निरक केसी विजयी भएका छन्। महासंघमा नयाँ नेतृत्व आएपछि सोमबार भएको निर्वाचनमा केसीले प्रवलजंग पाण्डेलाई हराउँदै विजयी भएका छन।अध्यक्ष चन्द्रप्रसाद ढकालका उम्मेदवार केसी ३८ मतसहित विजयी भएका हुन्। पाण्डे वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठको तर्फबाट उम्मेदवार थिए।महासंघको विधानअनुसार निर्वाचित कार्यसमितिले कोषाध्यक्ष छान्ने काम गर्छ। पाण्डेले २९ मत ल्याएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?