चितवन-२
उपनिर्वाचनको मतगणना ईच्छाकामना गाउँपालिका १ र ३ बाट उपनिर्वाचनको मतगणना सोमबार दिउँसोबाट सुरु गरिएको छ ।एमालेका रामप्रसाद न्यौपाने , राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र कांग्रेसका जीतनारायण श्रेष्ठ लगायत उम्मेदवार बीच कडा प्रतिस्पर्धामा छन् ।
इच्छाकामना गाउँपालिका-१ को मतगणना हुँदा न्यौपानेले ३६७ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ३१९ मतसहित दोस्रो स्थानमा छन् त्यस्तै कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले २४४ मत पाएका छन् ।






