जनकपुरधाम,एवन न्युज/
त्रि.वि खेल मैदानमा भैरहेको एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपाल र कुवेतबीचको खेल वर्षाले प्रभावित भएपछि नेपाल समूह विजेता भई सेमिफाइनल प्रवेश गरेको आधारमा सोझै फाइनलमा पुगेको छ l
नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभर ब्याटिङ गरेपछि पानी परेर खेल स्थगित भएको थियो । खेल स्थगित हुनुअघि कुवेतले ६ विकेट गुमाएर ३७ रन बनाएको थियो ।
यसअघि नेपालले ब्याटिङ गर्दा पनि २३.२ ओभर ब्याटिङ गरेपछि खेल वर्षाका कारण स्थगित भएको थियो । त्यसपछि पानी पर्न छाडेपछि खेललाई ४२ ओभरमा घटाइएको थियो ।






