धनुषामा चोरीको सामान सहित चोर पक्राउ

२०८० बैशाख २८, बिहीबार ०९:३५

जनकपुरधाम,(कुमार पंकज)। जनकपुरधाममा कोही नभएको मौका छोपी दराजको ताल्चा फोडेर चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका –१६ कपिलेश्वर बस्ने वर्ष ३५ का रन्जित दासलाइ प्रहरिले चोरी गरेर भागिरहेको अवस्थामा पक्राउ गरेको छ । बैशाख २८ गते बिहिवारका दिन जनकपुरधाम-९ बेल्ही स्थित बेचु साहको दराजको ताल्चा फोडेर सरसामान चोरी गरेको आरोप दासमाथि छ ।

प्रहरीले दासलाई चोरिएका सामानसहित पक्राउ गरेको छ । साहको घरबाट घरबाट मंगलसुत्र २ थान, सुनको जस्तो देखिने जन्तर १ थान, चाँदीको जस्तो देखिने बाला ४ थान, चाँदीको जस्तो देखिने बिछिया ८ थान, चाँदीको गिलास र चम्चा १-१ थान र चाँदीको जस्तो देखिने ब्रासलेट १ थान सुनका गरगहना चोरी भएको छ ।

प्रदेश–२–०२–००५ प ७९२६ नम्बरको मोटरसाइकलमा सवार भइ भाग्दै गरेको अवस्थामा प्रहरीले दासलाई पक्राउ गरेको जनाइएको छ । पक्राउ परेका दासलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको बताइएको छ ।

केही दिन पूर्व जनकपुरधामको विभिन्न ठाँउमा घरबाट पनि ताल्चा फोडेर सामानहरू चोरि भएका घटना बहिरिएको छ । विगत केही समय यता जनकपुरधाममा चोरीको घटनामा वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?