नेपालको एक इन्च जमिन पनि छोड्न नसक्ने स्पष्ट-प्रधानमन्त्री दाहाल

२०८० जेष्ठ ४, बिहीबार १०:४८

४ जेठ, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीवार प्रतिनिधि सभा बैठकमा प्रतिनिधिसभा सदस्य रघुजी पन्तले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा देशको राष्ट्रिय हित, राष्ट्रिय एकता, अखण्डता र स्वाधिनतामा कुनै किसिमको सम्झौता हुन नदिने बताएका छन ।

उनले आफूहरु नेपालको एक इन्च जमिन पनि छोड्न नसक्ने स्पष्ट पार्दै सोही मान्यताभित्र रहेर भारतसँग कुराकानी हुने बताए । उनले ईपिजी प्रतिवेदन बुझ्ने, नबुझ्ने सम्बन्धमा भने भ्रमण अघि केही भन्न नसकिने बताएका छन।

इपीजी रिपोर्टदेखि लिएर सिमा समस्यासँग सम्बन्धित विषयहरु, हाम्रो जमिनसँग सम्बन्धित विषयहरुमा पनि हामीले के कुरा प्रष्ट गरेका छौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?