महोत्तरीमा पेस्तोल सहित एक भारतीय युवक प्रहरीको फन्दामा

२०८० जेष्ठ ७, आईतवार ०७:३६

महोत्तरी /(कुमार पंकज)।
महोत्तरीमा पेस्तोल लिएर घुमीरहेको एक भारतीय युवक पक्राउ परेका छन् । महोत्तरी जिल्लाको एकडरा गाउँपालिका-४ हल्खोरीमा प्र.स.नि को कमान्डमा खटिएको गस्ति टोलिले शंकाको आधारमा चेकजाँच गर्दा पक्राउ परेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला सितामाढी पटढौरा पंचायत वाड- ६ का २६ वर्षीय पप्पु यादव रहेको प्रहरीले जानकारी दिएको छ ।

यादवको साथबाट पेस्तोल १ थान र ए.ए मा लागने गोली ५ राउण्ड सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।यादव अहिले महोत्तरी प्रहरीको हिरासतमा छन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?