जनकपुरधाम,(कुमार पंकज)। माइती नेपालको कर्मचारी, प्रहरी,अधिकृत, स्थानीय सरोकारवालाहरु संग अन्तरक्रिया कार्यक्रम अधिकृत संगम जिल्ला प्रशासन कार्यालय धनुषाको सभा हलमा सम्पन्न भएको छ l माइती नेपाल धनुषाको आयोजना तथा जिल्ला प्रहरी कार्यालय धनुषा र जिल्ला प्रशासन कार्यालय धनुषाको सहकार्यमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वरिष्ठ अतिथि प्रमुख जिल्ला अधिकृत काशिराज दहाल , सहायक जिल्ला अधिकृत मुकेश केशरी, प्रमुख अतिथि प्रहरी नायब उपरीक्षक बेद प्रसाद गौतम अतिथि नेपाल पत्रकार महासंघ धनुषाको सचीव बटुकनाथ झा र माइती नेपाल धनुषाको कार्यक्रम संयोजक पुरषोतम यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ l

कार्यक्रममा प्रहरी, माइती नेपाल धनुषाका कर्मचारी , पत्रकार, समाजसेवी लगायत अन्य सरोकार वाला हरूको बिचमा मानव वेचबिखनवाट पीडित तथा प्रभावित हरूको सहयोगका लागि के कस्ता उपाय हरू अपनाउन सकिन्छ भन्ने बिषयमा छलफल गरिएको थियो l
कार्यक्रममा मानव बेचविखनका कारणहरू, मानव बेचविखन बाट हुने असर, मानव बेचविखन नियन्त्रणका उपायहरू, मानव बेचविखन बिरूद्ध माइती नेपालले गरेका पहलहरु, उद्धार एवम् पुनरागमन प्रक्रिया, बालश्रम, कार्य स्थलमा हुन सक्ने यौन दुर्व्यवहार हरू, सेवा स्तरमा हुन सक्ने यौन शोषणका कुराहरु लगायत अन्य बिषयमा माइती नेपाल धनुषाको कार्यक्रम संयोजक पुरषोतम यादवले प्रकाश पार्नुभयो l
कार्यक्रममा प्रमुख जिल्ला अधिकृत काशीराज दाहाल आफ्नो मन्तव्य राखदै भने” मानव बेचबिखन तथा ओसारपसार गर्नेका विरुद्धमा निकै बलियो कानुन भएपनि त्यसको कार्यान्वयन पक्ष फितलो हुँदा समस्या भएको बताए । खुल्ला सिमा नाकाले यस्तो समस्या भएको र माइती नेपालले गरेको कामलाई प्रसंशा गर्दै, मानव बेचबिखन तथा ओसारपसार देशकै ठूलो समस्या भएकाले यसलाई निर्मूल गर्नका लागि सबै लाग्नु पर्नेमा” जोड दिए ।
कार्यक्रममा प्रहरी नायब उपरीक्षक बेद प्रसाद गौतमले ” मानव बेचबिखनमा पनि महिला तथा बालबालिका बढी प्रभावित हुने गरेको र अन्तर्राष्ट्रिय सञ्जाल बनाएर अपराध गर्नेहरूले बेचबिखन गर्ने गरेको भन्दै सरकारी र गैरसरकारी संस्थालाई हामीले पुर्ण रुपले सहयोग गर्ने बताए । साथै सिमा नाकामा हुने गलत किर्याकलापहरु न्यूनीकरण गर्नको लागि नेपाल प्रहरी सधै तयार हरेको बताए । भारत संगको खुला सिमा नाकाले गैरकानुनी किर्याकलाप भएइरहेकोले यस बिषयमा बढी चनाखो रहेर काम गर्नु पर्ने” बताए ।






