जेष्ठ ९ ,जनकपुर
आज बसेको संसदीय दलको बैठकमा नेकपा माओवादी केन्द्रले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ।आज बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको एक प्रदेशसभा सदस्यले बताएका छन । गठबन्धनका केन्द्रीय नेताहरूबीच लोसपा र माओवादीलाई दुई-दुई वटा मन्त्रालय दिने सहमति भएको थियो तर एउटै मन्त्रालय दिने गरेकोमा जसपाले कांग्रेससँग एकलौटी डिल गरेर मन्त्रीमण्डल विस्तार गर्न खोजेको छ ‘सबै ठूला मन्त्रालयहरू जसपा र कांग्रेसले आफैले राख्न खोजेका छन्।जसले गर्दा सरकारबाट बाहिरिने माओवादीले निर्णय गरेको छ ।






