जनकपुरधाम,(कुमार पंकज)।
अहिले धेरै जसो श्रीमान र श्रीमती बीचका बिबादहरु मिडियामा आउने गरेका छन । श्रीमान बिदेशमा र श्रीमतीले नेपालमा अर्कै परपुरुष संग फरार भएका समाचार साथै श्रीमानले परस्त्री भगाएका धेरै खबर बाहिरिएका छन् । धनुषाको धनुषाधाम नगरपालिका वाड न ३ मा पनि यस्तै घटना घटेको हो । श्रीमतीले श्रीमान सहित २ जना छोराछोरीलाइ छोडेर टिकटकिया केटा संग फरार भएकी छन् ।
धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ३ सिकयाहा बस्ने राम जिवन मुखियाको श्रीमति कविता कुमारी मुखियाले श्रीमानले विगत १५ बर्षदेखि कमाएको सबै धन सम्पति लिएर फरार भएकी छन् । मुखियाको बिहेको १३ बर्ष बितिसक्दा उनको सात बर्षको छोरी र ३ बर्षको छोरालाई घरमा छोडेर अर्का केटासँग फरार भएकी छन ।
राम जीवनले कतारमा कामएको ८० लाख रुपैया लिएर उनकी श्रीमती ठिल्ला भठियन बस्ने बिबेक मुखिया नाम गरेको एक टिकटोकियासँग फरार भएकी हुन । उनी दुबैको माया टिकटमा बसेको र टिकटकबाट कुराकनि हुने गरे पछि फरार भएकी हुन l






