जनकपुरधाम(कुमार पंकज)।
अख्यितार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासको टोलीले घुससहित वडा सचिवलाई पक्राउ गरेको छ ।
नगराइन नगरपालिका -२ का वडा सचिव अमृत झालाई पचहत्तर पाँच हजारसहित आयोगको अनुसन्धान टोलीले नियन्त्रणमा लिएको हो । सो सम्बन्धि अनुसन्धान भइरहेको आयोगले जानकारी दिएको छ ।
झाले सेवाग्राहीको कागजात मिलाउने र काम गरिदिए बापतको विषयमा रकम लिएका थिए । अख्तियारको टोलीले अहिले मुचुल्का उठाउने काम गरिरहेको छ ।






