कुमार पंकज,
जनकपुरधाम, २० भाद्र । यादव युवाहरुले कृष्ण जन्माअष्ट्मीको अवसरमा जनकपुरधाको कृष्ण मन्दिरमा वृक्षारोपण तथा सरसफाइ गरेका छन । दैनिक मान्छेहरुको आगमन संगै फोहर पनि बढ्दै गएपछि स्थानिय यादव युवाहरूले मन्दिर परिसरलाई सरसफाइ तथा वातावरणलाई जोगाउनको लागि वृक्षारोपण समेत गरेका छन् । आज बिहिवार श्रीकृष्ण जन्माष्टमी परेको र मन्दिर परीसरमा फोहर देखीएकोले सो अवसर पारेर सरसफाई गरिएको युवाहरू बताए । 
जनकपुरधामको कृष्ण मन्दिरमा कृष्ण जन्माष्टमी पर्वको अवसरमा मेलामा हेर्न आउने भक्तजनको ठुलो भिड लाग्नेगर्द छ । मेला हेर्न आउने भक्तजनहरुको सहजता र मन्दिर परिसर सौन्दर्यको लागि युवाहरुले आज सरसफाइ गरेका छ्न । यस्तो कामले समजमा सकारात्मक सोचको बिकास हुने र युवाहरुको समाजिक कार्यमा सक्रियता बढने युवाहरू बताएका छन । युवाहरुले सार्वजनिक कार्यमा एकजुट भइ लागेको देखेपछि सवैले तारिफ गर्न थालेका छन् ।







