२०८० भदौ २२ काठमाडौ ,
प्रधानमन्त्री को भनाइ अनुसार विधेयकमा ट्रेड युनियन अधिकारबारे व्यवस्था यथावत् नै राखिएको उनको भनाइ छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजामती सेवा विधेयक मन्त्रिपरिषदबाट पारित गरेर संघीय संसदमा दर्ता गर्ने निर्णय भइसकेको बताएका छन्।
निजामती सेवा दिवसका अवसरमा शुक्रबार काठमाडौंमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘यहाँ ट्रेड युनियन अधिकारको कुरा पनि उठ्यो, हामीले अहिले भइरहेको व्यवस्थालाई केही पनि परिवर्तन गरिएको छैन।
दलहरूको सहमतिबाट संसदले निजामती सेवा विधेयक छिटो पारित गर्ने विश्वास लिएको प्रधानमन्त्री दाहालले बताएका छन।






