अन्दाजी २५वर्षीय एक युवक खेत मा मृत फेला, हत्याको आशंका

२०८० कार्तिक ९, बिहीबार १०:३९

९ कात्तिक, जनकपुर । जनकपुरमा एक युवकको शव फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका २३ बेलास्थित धान खेतमा अन्दाजी २५ वर्षीय युवकको शव आज बिहान मृत फेला परेको छ ।

मृतक युवकको पहिचान खुल्न नसकेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । उनका अनुसार मुखमा रगत देखिएको छ र घटनास्थलको प्रकृतिले मृत्यु शंकास्पद देखिएको छ । घटनाको अनुसन्धान गर्न तालिम प्राप्त कुकुरसहितको टोली ल्याउन लागिएको उनले बताए ।हत्या घटना रातिकै हुन सक्ने प्रहरीको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?