काठमाडौँ। निरन्तर विवादमा तानिँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं आज (आइतबार) प्रहरी कार्यालयमा उपस्थित हुँदैछन् ।पटकपटक विवादित अभिव्यक्ति दिने गरेका प्रसाईंलाई समालिएर बोल्न पटक/पटक प्रहरीले गरेको आग्रहलाई बेवास्ता गरेको भन्दै आज बिहान ११ बजे प्रहरी प्रधान कार्यालय, नक्सालमा अनौपचारिक रूपमा उपस्थित हुन भनिएको थियो । उनलाई नियन्त्रणमा लिन राजनीतिक दबाब परिरहेका बेला प्रसाईं भने आफैँ प्रहरी कार्यालयमा उपस्थित हुन लागेका हुन्।
आज आफू प्रहरी कार्यालयमा उपस्थित हुन लागेको कुरा प्रसाईं आफैले पुष्टि गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गदै उनले आफू प्रहरीमा उपस्थित हुन लागेको बताएका हुन्। ‘कानुन को पालना गर्दै, हामि आफै आज साईबर ब्युरो मा उपस्थित हुदैछौ।’,उनले लेखेका छन्।साथै उनले आफू दलहरूले गरेको भ्रष्टाचारविरुद्ध लड्न तयार रहेकोसमेत उल्लेख गरे।






