काठमाडौं, २८ कार्तिक । प्रभु साह नेतृत्वको आम जनता पार्टीले भ्रष्टाचारविरुद्ध लड्ने प्रतिबद्धता जनाएको छ । नेपालीहरुको महान पर्व बितेको दसैं दिपावली तथा आउँदै गरेको छठ पर्वको शुभ–अवसरमा आज (मंगलबार) सर्लाहीको ब्रह्मपुरीमा पार्टीद्धारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।साहले देशमा बढ़दो भ्रष्टाचारको बिरुद्ध लड्न पार्टी पँक्तिलाई निर्देशन दिएका हुन् । कार्यक्रमको अध्यक्षता पार्टी उपाध्यक्ष रीता देवी साहले गरेकी थिईन् भने विशेष अतिथिहरुमा आइटी आर्मीको केंद्रीय संयोजक तथा पार्टी प्रवक्ता चन्द्रभूषण् साह, श्रीचन मुखिया, उमेश कुशवाहा , फतुवा विजयपुर नगरपालिकाको मेयर प्रत्यासी विजय यादव, नेता बालकृषन् सापकोटा, नवीन साह, रामशरण यादव लगायत थिए । उक्त अवसरमा आम जनता पार्टीमा सयौंको सख्यामा आजपामा प्रवेश गरेका हुन्। अध्यक्ष प्रभू साहले टिका माला लगाएर स्वागत गरेका हुन्।
सो अवसरमा चर्चित कलाकारहरु रविराज , दिपलाल यादव, कनक सिंह लगाएतका कलाकारहरुको उपस्थिति थियो । आजपाले देशलाई अहिलेका ठूला दलका केही नेताहरुले मुठ्ठीमा लिएको र उल्टो दिशामा लगिरहेको दाबी गरिरहेको छ ।अध्यक्ष साहले त वर्तमान व्यवस्था खारेज नगरी देश र जनताले सुखानुभूति गर्न नसक्ने ठोकुवा गरेका छन् । आजपाले संविधान दिवसको पनि संविधानको शवयात्रा निकालेको थियो ।
,,,,,,,,,,,,,,,,,,






