रंगभेद अन्त्य गर भन्दै जनमत पार्टीले जिल्लाको सदरमुकाम गौरमा प्रदर्शन गरेकाे छन् ।

२०८० मंसिर १०, आईतवार १६:३७

सिके राउत नेतृत्वको जनमत पार्टीले रौतहटको सदरमुकाम गौरमा वृहत जुलुस र रैली प्रदर्शन गर्दै कडा नाराबाजीका साथ रंगभेद विरुद्ध एकता दिवस मनाएको छ ।

२१औँ शताव्दीमा पनि नेपाल अझै रंगभेद गर्ने देश रहेको प्रति जनमतले प्रदर्शन गरेको केन्द्रीय सदस्य एवं क्षेत्रीय पर्यवेक्षक बिकास कुमार यादवले बताउनुभयो । जनमत पार्टीले स्थापना कालदेखिनै प्रत्येक वर्ष मंसिर १० गते हामीले रंगभेद विरुद्ध एकता दिवसका रुपमा मनाउने गरेको र सोही अनुरुप आज हामीले नगरमा वृहत र्याली प्रदर्शन गरेको यादवले जानकारी दिनुभयो ।

मधेशीलाई बिहारी भन्न पाईदैन्, रंगभेद बन्द गर, जनमत पार्टी जिन्दावाद, डा सिके राउत जिन्दावाद,अत्याचार बन्द गर, रंगको भरमा अत्याचार गर्न पाइदैन्, रंगभेद अन्त्य गर लगायतका नाराहरु लगाउदै नगर परिक्रमा गरी पुनः मधेशी क्रान्ति चोकमा फर्केर जुलुस कोणसभामा परिणत भएको थियो ।

उक्त कार्यक्रममा जनमत पार्टी का केन्द्रीय सदस्य बिकास कुमार यादव, विनय कुमार वर्मा, नविन श्रीवास्तव, जिल्ला इन्चार्ज शेख जमैसद , जिल्ला नेताहरू ई. कृष्ण साह,राम विश्वास पासवान,डा. रामाशंकर ठाकुर,प्रकाश झा, प्रभु राय यादव, राजकुमार साह, बिपिन यादव, साह आलम, प्रकाश ठाकुर, अशोक कुशवाहा लगायतका नेता तथा कार्यकर्ताहरु सहभागी रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?