मंसिर १४, । बाजुरामा जीप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ। भने एक जना घाइते भएका छन्।
बाजुराको पूर्वी-उत्तरी भेगको कर्णाली करिडोरको धुलाचौर नजिकै जीप दुर्घटना भएको छ।
मृत्यु हुनेमा मुगु जिल्लाको खत्याड गाउँपालिका–९ का अन्दाजी २८ वर्षीय मदन सार्की रहेका जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक किशोरसिं ऐरीले जानकारी दिए।
दुर्घटनामा गौमुल गाउँपालिका–३ का अन्दाजी १९ वर्षीय वसन्त धामी घाइते भएका प्रहरी निरीक्षक ऐरीले बताए । सो जीपमा चालकसहित चार जना सवार थिए।
हिमाली गाउँपालिकाबाट कोल्टी आउँदै गरेको लु१ज ४८२९ नम्बरको बोलेरो जीप धुलाचौर बजार नजिकै बिहीबार दिउँसो दुर्घटनामा परेको हो।
जीपका चालक खत्याड –९ का दलबहादुर लावण र अर्का एक यात्रु भने सकुशल रहेका प्रहरीले जनाएको छ । जीपचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।






