काठमाडौँको सतुंगलमा भन्सार छलेर ल्याएको १८ हजार ८५० केजी चिनी फेला परेको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अवैध रुपबाट आएको १८ हजार ८५० केजी चिनी राखेको गोदाम सिल गरेको छ ।
गोदाम सिल गरेर आयातकर्तालाई झिकाउन जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक आनन्दराज पोखरेलले जानकारी दिए।
सो चिनी जय माँ दुर्गा इन्टरप्राइजेजले आयात गरेको हो ।
आयातकर्ताले बुझाएको प्रज्ञापनपत्र र बोरामा उल्लेखित विवरण म्याच नभएको निर्देशक पोखरेलले बताए ।
यस सम्बन्धमा थप छानबिन गरिरहेको छ।






