रास्वपाका सभापति रवि लामिछानेले भने एनसेल खरिदबिक्री प्रकरणमा सरकारले छानबिन समिति गठन नगरी सिधै कारबाही गर्नुुपर्ने बताएका छन् ।
बुधबार पार्टी केन्द्रीय कार्यालय बालाजुमा बसेको सचिवालय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सभापति लामिछानेले छानबिन गर्छु भन्नु अलमल्याउने कुरा मात्र भएको बताए ।
गैरकानुनी हो भने सत्ता गठबन्धन, सर्वदलीय बैठक बस्ने कि छल्ने मानिसलाई गएर समात्ने हो ?’ उनले प्रश्न गरे ।
एनसेलको सेयर स्वामित्व खरिद बिक्रीमा नेपालको कर छली भएको हो भने तत्काल कारबाही हुनुपर्ने लामिछानेको भनाइ छ ।
‘कर छली गरिसकेपछि कारबाही हुनुपर्छ, केको लागि यो समिति ? बृहत छानबिन सुरुवातदेखि आजसम्मको छानबिन गरौँ । तर तत्काल कारबाही हुुनपर्छ, कर छली भएको हो भने’ उनले भने ।
एनसेल खरिद बिक्री प्रकरणमा सरकारले छानबिन समिति गठन गरेर अलमल मात्र गर्न खोजेको टिप्पणी गरे ।






