केन्द्रीय कार्यकारिणी समितिको बैठक, मङ्सिर २५ गते सुरु
जनता समाजवादी पार्टी नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक मङ्सिर २५ गते सोमबारका दिन बस्ने गरी बैठक बोलाइएको छ ।
पार्टीले सञ्चालन गरेको तीन महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा, समसामयिक राजनीति लगायतका विषयहरुमा छलफल गर्नको लागि बैठक बोलाइएको हो ।
पार्टी कार्यालय बालकुमारीमा बैठक बस्ने।
बैठक बिहान ११ बजेदेखि सुरु हुने बताइएको छ।






