इसाई धर्मावलम्वीहरुको उल्लेख्य बसोबास रहेको उक्त गाउँपालिकामा २०८० पुस ८, ९ र १० गते गरी ३ दिनका लागि सार्वजनिक विदा दिएको छ ।
सार्वजनिक विदाको तीन दिन राक्सिराङ गाउँपालिकाभित्रका सम्पूर्ण सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था र बैंक तथा वित्तीय संस्थाहरु पूर्ण रुपमा बन्द रहने गाउँपालिकाका अध्यष राजकुमार मल्लले जानकारी दिएका छन् ।






