डाक्नेशवरी नगरपालिकाले क्यान्सर पीडितलाई मासिक रकम दुरुपयोग तथा हिनामिना गरेको आरोप लागेको छ ।
यसरी दुरुपयोग हुँदोरहेछ क्यान्सर पीडितहरुको मासिक सुरक्षा भत्ता
राज्यले आफ्ना नागरिकको सुविधाका लागि उपलब्ध गराएको पीडितहरुलाइ मासिक सुरक्षा भत्ता वितरणमा नै अनियमितता हुने गरेको पाइएको छ । ज्येष्ठ नागरिक, असहाय विधवा, अशक्त, अपाङ्गता भएका नागरिक र दलित ज्येष्ठ नागरिकलाई वितरण गर्नुपर्ने क्यान्सर पीडितहरुको मासिक सुरक्षा भत्ता वितरण गरेको भन्दै फर्जी कागजात बनाएर भ्रष्टाचार गरेको आरोप लागेको छ।
पीडितहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत हालेको छ्न।






