कुमार पंकज, जनकपुरधाम । माइती नेपाल धनुषाले जनकपुरधाम उपमहानगरपालिकाका परियोजना सल्लाहकार समितिसँगको बैठक हिजो (शुक्रवार) सम्पन्न भएको छ l माइती नेपाल धनुषाको आयोजना र जनकपुरधाम उप महानगर पालिकाका उप प्रमुख किशोरी साहको प्रमुख अतिथिमा बैठक सम्पन्न भएको छ । हाम्रो अवाज : चेलीबेटी बेचबिखनबाट मुक्त समाज भने नाराका साथ उक्त कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा मानव बेचविखनका कारणहरू, मानव बेचविखन बाट हुने असर, मानव बेचविखन नियन्त्रणका उपायहरू, मानव बेचविखन बिरूद्ध माइती नेपालले गरेका पहलहरु, उद्धार एवम् पुनरागमन प्रक्रिया, बालश्रम, कार्य स्थलमा हुन सक्ने यौन दुर्व्यवहार हरू, सेवा स्तरमा हुन सक्ने यौन शोषणका कुराहरु लगायत २०२३ (इ.स) सालमा माइती नेपाल धनुषाले गरेको कार्यहरुको समिक्षा माइती नेपाल धनुषाको कार्यक्रम संयोजक पुरुषोत्तम यादवले प्रस्तुत गरेका थिए l
माइती नेपाल धनुषाले २०२३(इ.स) मा भारतबाट ३ जनालाई उदार गरि सकुशल परिवारलाई जिम्मेवार लगाएको थियोे । भने आन्तरिक रुपम ३९ जना बालबालिका तथा पीडित महिलाहरुलाई उदार गरिए थियो । त्यस्तै नेपाल भारत सिमा नाकाबाट ८० जनालाई उदार गरिएको थियो । भने १३० जनालाई परिवारमा बस्न वातावरण मिलाइ पुनर्मिलन गराएको थियो । साथै सुरक्षीत गृहमा जम्मा ८९ जनालाइ राखि सेवा प्रवाह र बेचबिखनमा परेका एक जना बालिकालाइ भारतको दिल्लीबाट उदार गरि मुदा दर्ता गरि सहयोग गरिरहेको वर्षभरीको तथ्यांकमा उल्लेख गरिएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यलय धनुषाको महिला सेलका प्रहरी निरीक्षक , प्रहरी जवान , सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक , सरोकारवाल निकाय, उपमहानगरपालिकाका पद अधिकारी र अधिकारकर्मी को उपस्तिथि रहेको थियो ।






