नेल्टा मधेस प्रदेशको सधारण सभा: अध्यक्षमा डा. साह 

२०८० पुष १५, आईतवार ०६:४६

जनकपुरधाम, पुष १५ । नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) मधेस प्रदेशको साधारण सभा धनुषामा सम्पन्न भएको छ । संघले एक औपाचारिक कार्यक्रमको आयोजना गरी साधारण सभा गरेको हो । कार्यक्रम कल्चरल भिलेज, मिथलेशवरमा सम्पन्न भएको छ । कार्यक्रम तीन चरणमा सम्पन्न भएको छ। पहिलो चरणमा प्रमुख अतिथिले  उद्घाटन गरेर कार्यक्रमलाई औपचारिक रुपमा संचालन गरेको थियो । दोस्रो चरणमा रोजर कोहन(अमेरिका), विश्व गौतम र हेमन्त राज दहालले प्रस्तुतीकरण गरेको थियो । भने तेस्रो चरणमा कार्यक्रमको सम्मापन सत्र रहेको थियो ।

सधारण सभामा मै अधिवेशन गरेर नयाँ नेतृत्व समेत चयन गरेको छ । संघले डा. विनोद साहको अध्यक्षतामा १९ सदस्यहरुको नयाँ कार्य समिति चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा रिमा कर्ण, उपाध्यक्षमा दिपेन्द्र लाल कर्ण, महा–सचिवमा रामबहादुर पण्डित, सचिवमा राम अवधेश राय कोषाध्यक्षमा मुकेश कर्ण र सदस्य सचीवमा संजय कुमार यादवलाई चयन गरेको छ । संघको सदस्यहरुमा अमन कुमार झा,विशवन्त यादव,प्रकाश चन्द्र साह,अरुण कुमार कुशवाहा,सम्मी कर्ण त्यस्तै पदन सदस्यमा नेल्टाको जिल्ला अध्यक्षहरु क्रमश: लक्ष्मण मेहता,मदन मण्डल,अमित कुमार कर्ण,ज्ञानेन्द्र कुमार यादव,आशाराम साह र हरि भूषण कुशवाहा रहकेका छन् ।

डा. साह नेल्टा जनकपुरका भूतपूर्व अध्यक्ष र आरआर बहुमुखी क्याम्पस, जनकपुरधामका उप प्राध्यापक हुन्। उनी यस संघमा आवद्ध भएदेखि नै यस संघका सबै गतिविधिहरूमा सक्रिय रूपमा संलग्न छन् । उनले संघमा गरेको योगदान र सक्रियताको फलस्वरूप साहलाई मधेस प्रदेशको अध्यक्षमा चयन गरिएको छ ।

नेल्टा मधेस प्रदेशका पुर्व अध्यक्ष डा. दिनेश कुमार यादव(आस्तिक) को अध्यक्षता तथा राजर्षी जनक विश्वविद्यालयका उप कुलपति प्रा./डा. अमर प्रसाद यादवको प्रमुख अतिथियतामा उक्त सभा सम्पन्न भएको छ । त्यस्तै  वरिष्ठ अतिथिमा क्षेत्रीय अङ्ग्रेजी भाषा अधिकारी रोजर कोहन(अमेरिका) ,अतिथिमा रेलो (RELO) कार्यक्रम विशेषज्ञ विश्वराज गौतम,नेल्टा केन्द्रका पुर्व सभापति हेमन्तराज दहाल,मिथिला बिहारी नगरपालिकाका मेयर राजेन्द्र यादव, प्रमुख प्रशासकिय अधिकृत राम दरेश यादव र जनकपुरधाम उप महानगरपालिका शिक्षा शाखा प्रमुख  मिहिलाल यादव रहेको थियो ।

कार्यक्रममा मधेस प्रदेशको आठ जिल्लाबाट ८२ जना शिक्षक  शिक्षिका, समाजिक अभियानता र सञ्चारकर्मीहरुको उपस्थित रहेको थियो । संघका कार्य समितिमा निर्वाचित पदाधिकारीहरुलाई उपस्थित सबैले सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेको संघ कै एक प्रतिनिधि ज्ञानेन्द्र कुमार यादवले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?