जनकपुरधाम, माध ५ गते । दोषीलाई कार्वाहीको माग गर्दै जनता समाजवादी पार्टी (जसपा)ले पेस बिज्ञप्ती जारी गरेको छन। बिहिवार धनुषाको मुखियापट्टी मुसहरनियाया गाउँपालिका अध्यक्ष जयकुमार यादवमाथि अज्ञात समूहले आक्रमण गरेको थियो ।
जनकपुरधामस्थित घर जाने क्रममा राति करिब १ बजे अध्यक्ष यादवमाथि आक्रमण गरिएको थियो । अहिले उनी प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना छन् ।
घटना स्थल वारिपरीको सिसी टिभीको प्रयोग गरि अपराधीलाई २४ घण्टा भित्रमा पक्राउ गरि कार्वाहीको दायराम नल्याएमा स्थानीय प्रशासन विरुद्ध सशक्त आन्दोलन गर्ने बिज्ञप्तीमा उल्लेख छ्न ।






