जनकपुरधाम, माघ ७ गते । भोलि सोमबार माघ ८ गते (जनवरी २२) भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा प्राण प्रतिष्ठा हुँदै छ। त्यसको चहलपहल नेपालमा पनि देखिँदै छ। नेपालमा पनि उक्त दिन माछामासु नखान, बिक्री वितरण नगर्न पालिकाहरुले सूचना जारी गरिरहेका छन्।
त्यस्तै पिपरा गाउँपालिकाको उपाध्यक्ष वन्दना पाण्डेयले एक सूचना जारी गरेर सोमबार भगवान रामको प्राण प्रतिष्ठा हुने भएकोले उक्त दिन पशुपंक्षी जीवजन्तुको बध, मदिरा, माछामासुको बिक्री वितरणलगायतका कार्यहरु नगर्न भनेर आग्रह गरेकी हुन ।
पिपरावासीलाई घर तथा पसलहरुमा दीप बालेर दिपावली मनाउन आग्रह गरेकी हुन । साथै पालिका भित्र रहेका मठ, मन्दिर तथा चोक चोकमा श्री राम ध्वजको झण्डालाई दिप प्रज्वलन दिपोत्सव मनाउन आग्रह गरेकी हुन ।
सयौँ वर्षको लामोको प्रतिक्षा पछि भगवान रामको मन्दिर निर्माण भएकाले सो को खुशियालीमा सरिक हुन सबैलाई अपिल समेत गरिएको हो






