चोरी मुद्दामा बाराबाट फरार प्रतिवादी पक्राउ

२०८० माघ १४, आईतवार १३:३२

बारा, माघ १४ गते । बारा प्रहरीले फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बारा जिल्ला अदालतबाट चोरी मुद्दामा कैद तथा जरिवाना सजाय भई फरार भउका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय जीतपुरका खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ बोडिङ टोल बस्ने ३१ वर्षीय ममताज खान रहेका प्रहरीले जनायो । लुकिछिपी बस्दै गरेको अवस्थामा खानलाई पक्राउ गरेको बाराका सूचना अधिकारी प्रवक्ता दधिराम न्यौपानेले बताए ।

खानमाथि नकवजनी सम्बन्धि मुद्दामा एक महिना १५ दिन कैद र दुई लाख १६ हजार जरिवाना तोकिएको छ । पक्राउ परेका खानमाथि आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको प्रहरी बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?