बारामा १० किलो गाँजासहित एक युवक पक्राउ 

२०८० माघ १७, बुधबार १०:१०

जनकपुरधाम, माघ १७ गते । बारा प्रहरीले १० केजी गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर, हेटौडा उप महानगरपालिका–३ बस्तीपुर बस्ने २७ बर्षिय पवन गिरी छन्।

ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले जितपुर सिमरा उप–महानगरपालिका–७ स्थित टेढा रोडबाट उनलाई पक्राउ गरेको हो।

पैदल जाँदै गरेका गिरीको साथबाट दुई वटा झोलाभित्रबाट पाँच–पाँच किलोको दरले दस केजी गाँजा बरामद गरिएको बाराका प्रहरी प्रबक्ता एवम् डिएसपी दधिराम न्यौपानेले बताए।

गिरीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?