धनुषा प्रहरीले अवैध बालुवा उत्खनन गर्ने ट्र्याक्टर नियन्त्रणमा

२०८० माघ १८, बिहीबार ०७:४९

जनकपुरधाम, माघ १८ गते । धनुषामा अवैध बालुवा उत्खनन गर्ने एक  ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गए राति ८ बजेको करिबमा मिथिला नगरपालिका वडा नं. ४ औरही खोला स्थितमा अवैध रूपमा उत्खनन गरिरहेको अवस्थामा ट्र्याक्टर नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय ढल्केवरबाट प्रहरी सहायक निरीक्षक अवनिस कुमार मिश्रको कमाण्डमा खटेको प्रहरी टोलीले अवैध उत्खनन कार्यमा संलग्न ज.१ त ४५०९ नम्बरको ट्र्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

ट्र्याक्टरलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय ढल्केवर धनुषामा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?