भन्सार छली गरेर ल्याएको ४० हजार बराबरको समान प्रहरीको नियन्त्रणमा 

२०८० माघ १८, बिहीबार १४:३६

जनकपुरधाम, माघ १८ गते । धनुषामा भारतबाट भन्सार छली गरेर ल्याएको ४० हजार ४ सय बराबरको समान प्रहरीको नियन्त्रणमा लिएको छ ।

गत मंगलवार करिब १:३० बजेको समयमा गस्तीमा खटेको टोलिले जिल्लाको बोर्डर हुँदै भारतबाट नेपाल तर्फ आउदै गरेको क्रममा समानलाइ नियन्त्रणमा लिएको हो । भन्सार छली गरेर ल्याएको समानमा फुलमाला र अबैध माछा रहेको धनुषा प्रहरीले जनाएको  छ ।

नियन्त्रणमा रहेको समानलाई थप कार्वाहीको लागि  भन्सार कार्यालय जनकपुरमा पठाइएको धनुषा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?