खाना अड्किएर एक जनाको मृत्यु

२०८० माघ २४, बुधबार ०७:२४

चितवन, माघ २४ गते । चितवनमा खाना खाने क्रममा अड्किएर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कालिका नगरपालिका ६ शान्तिटोलका ६८ वर्षीय आइतराम कुमाल रहेका छन् ।

कुमाल आफ्नै घरमा खाना खाने क्रममा अड्किएर बेहोस भएका थिए । उपचारका लागि भरतपुर अस्पताल ल्याउने क्रममा राती पौने ९ बजे उनको मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?