जनकपुरधाममा भालेन्टाइन डे मनाउनेलाई कार्वाही : बजरँग दल 

२०८० माघ २६, शुक्रबार ०९:४२

कुमार पंकज, जनकपुरधाम, माघ २६ गते । जनकपुरधाममा भालेन्टाइन डे को दिन मठ मन्दिर, धार्मिक स्थलहरुमा बजरँग दल कडा निगरानी गर्न लागेका छ्न ।

जनकपुरधामको धार्मिक आस्थालाई ध्यानमा राखी आउदो आउँदा फागुन २ गतेको दिन विद्याकी देवि सरस्वतिक पुजाको दिन मठ मन्दिर, धार्मिक स्थलहरुमा भालेन्टाइन डे मनाएको पाईएमा कडा कार्वाही गर्ने बजरँग दलले जानकारी गराएका छन ।

जनकपुरधामस्थि रहेको बजरँग दलले बिहिवार एक सुचना जारी गर्दै जानकारी दिएका छ्न । पश्चिमी देशबाट सुरु भएको भ्यालेन्टाइन डे नेपालमा पनि संस्कृतिको रूपमा विकास हुँदै गएको छ। विशेषगरी युवाबीच लोकप्रिय भ्यालेन्टाइन डेमा विकृति पनि बढ्दै गइरहेको छ।

जनकपुरधामको विभिन्न धार्मिक स्थल जानकी मन्दिर, विवाह मण्डप, अन्य धार्मिक स्थल, गँगा सागर, भूतनाथ मन्दिर लगायतका ठाउँमा नयाँ पिढीका युवा युवतीहरुको उच्छृँगल गतिविधिले धार्मिक आस्थामा ठेस पुग्ने बजरँग दलको दावी रहेको छ ।

साथै भाइलेन्टाइन डेमा बजरँग दलले आफ्नो सयौं भक्तजनहरुलाई परिचालन गरेर उच्छृँगल गतिविधिले गर्नेलाई कडा कार्वाही गर्ने चेतावनी दिएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?