कुमार पंकज
जनकपुरधाम, माघ २६ गते । सर्लाही जिल्लामा सरस्वति पूजाको दिन भालेन्टाइन डे मनाउनेलाई कडा कार्वाही गर्ने हिन्दु सम्राट सेनाले चेतावनी दिएका छ्न ।
आउदो आउँदा फागुन २ गतेको दिन विद्याकी देवि सरस्वतिको पुजाको दिन रहेकोले त्यो दिन मठ मन्दिर, धार्मिक स्थलहरुमा भालेन्टाइन डे मनाएको पाईएमा कडा कार्वाही गर्ने हिन्दु सम्राट सेना सर्लाही शाखा मलङ्ग्वाले जानकारी दिएका छन
आज शुक्रबार हिन्दू सम्राट सेना सर्लाही शाखाले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र भएका छ्न । बसन्तपञ्चमी यानि सरस्वती पूजाको दिन अश्लिल गाना र मठमन्दिरमा भ्यालेन्टाइन डे मनाउन रोक्न र सबै विद्यार्थीले सरस्वती पूजाको दिन आफ्नो स्कुलको ड्रेस लगाएर मात्र स्कुल जानललाइ सहजीकरण गर्दिनको प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छ्न ।
पश्चिमी देशबाट सुरु भएको भ्यालेन्टाइन डे नेपालमा पनि संस्कृतिको रूपमा विकास हुँदै गएको छ। विशेषगरी युवाबीच लोकप्रिय भ्यालेन्टाइन डेमा विकृति पनि बढ्दै गइरहेको छ।
जिल्लाको विभिन्न धार्मिक स्थल मठ, मन्दिर लगायतका ठाउँमा नयाँ पिढीका युवा युवतीहरुको उच्छृँगल गतिविधिले धार्मिक आस्थामा ठेस पुग्ने हिन्दू सम्राट सेनाक दलको दावी रहेको छ ।
साथै भाइलेन्टाइन डेमा हिन्दू सम्राट सेनाले सबै हिन्दुवादीहरुलाइ तयार भएर रहनको लागि अनुरोध गरेका छ्न ।






