सिरहा, माघ २८ गते । सिरहाको मिर्चैया नगरपालिकाको अवस्था तनावग्रस्त बनेको छ । पालिकाको वाड न. ३ को वाड अध्यक्ष पदमा पवित्री देवि यादव रहे पनि त्यसको श्रीमानले सबै कामकाजमा हस्तक्षेप गर्न थाले पछि अवस्था तनावग्रस्त बनेको छ ।
सिरहाको मिर्चैया नगरपालिकाको कार्यालयमा आइतबारका १२ बजे नगरपालिका वडा नं. ३ को वडा अध्यक्ष पवित्रि देवी यादवको पति खगेश्वर गोहीवार यादवको अगुवाइमा करिव ३०/४० जनाको समुहमा आएको उच्छृंखल व्यक्तिहरुले जथाभावी अन्धाधुन्ध ढुंगामुढा गर्न थालेपछी यस कार्यालयको झयाल, ढोका, सिसिटिभि क्यामेरा, कम्प्यूटर, मोटरसाईकल लगायत महत्वपूर्ण सामाग्रीहरु नष्ट भएको छ। भने केही थान मोटरसाइकलको हेलमेट समेत चोरी भएको छ । साथै यस कार्यालयमा कार्यरत केही कर्मचारी समान्य घाईते भएका छन ।
कुनै किसिमको माग नै नराखी यस नगरपालिका भन्दा वाहिरको व्यक्तिहरुलाई समेत सहभागी गराई आतंकारी शैलीमा कर्मचारीलाई समेत कुटपिट गर्ने मनसाय राखी गरिएको यस्तो गतिविधिलाई मिर्चैया नगरपालिका प्रमुखले आफ्नो आक्रोश व्यक्त गरेका छ्न ।
तर्सथ घटनामा संलन सबैलाई तत्कालै पक्राउ गरी कारवाही गर्न स्थानीय प्रशासनसंग अनुरोध गरेका छ्न । साथै कारवाही नगरे यसवाट हुने समपूर्ण घटनाको जिम्मेवारी स्थानीय प्रशासनले लिनुपर्ने प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
घटनाका मुख्य कारण
मिर्चैया नगरपालिकाको वडा न. ३ मा वृद्धा भत्ता र बाल पोषण भत्ता केही त्रुटी देखे पछि कार्यपालिकाको निर्णय अनुसार त्यहाँको पुर्व सचीव संजीव कुमार महतोलाई सरुवा गरि र त्यस ठाउँ हाल वर्तमान सचिव भगवान यादवलाई पठाएको छ । तर वाड अध्यक्षको श्रीमान खगेश्वर गोहिवार यादवले सचिवलाई वाडमा हाजिरी लगाउन रोक लगाए पछि अवस्था तनावग्रस्त बनेको छ ।
स्थानीय तहको निर्वाचनमा वाड अध्यक्ष पदमा पवित्री देवि यादवले जितेको भए पनि त्यस वाडको सबै कामकाज उनको श्रीमानले गर्ने गरेको छ । पछिल्लो समयमा पनि उनको श्रीमानले वाडको कर्मचारीहरुलाइ काम गर्नमा अवरोध गर्दै आएको थियो ।
नेपालमा हाल ७ सय ५३ स्थानीय तहमा प्रमुख, उपप्रमुख र वडाध्यक्षसहित कार्यकारी पदमा ७ सय ७८ महिलाले नेतृत्व गरिरहेका छन् । १४ हजार तीन सय आठ महिला जनप्रतिनिधिका रुपमा स्थानीय सरकारमा चुनिएका छन् । तर स्थानीय तहमा महिला भएपनि काम भने श्रीमानले गर्छन् ।






