भन्सार छली गरेर ल्याएको आठ लाख  बराबरको सामान प्रहरीको नियन्त्रणमा

२०८० माघ २८, आईतवार १४:५८

जनकपुरधाम, माघ २८ गते । धनुषा प्रहरीले भन्सार छली गरेर ल्याएको आठ लाख पैतिस हजार तिन सय बिस रुपैया बरावरको सर-सामानहरु सहित चार वटा मोटरसाईकल नियन्त्रणमा लिएको छ

धनुषा प्रहरीको कार्यालयबाट परिचालित गस्ती टोलिले विभिन्न समय र मितिमा जिल्लाको बोर्डर हुँदै भारतबाट नेपाल तर्फ आउदै गरेको क्रममा सामानहरुलाइ नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा रहेको सामानलाई थप कार्वाहीको लागि  भन्सार कार्यालय जनकपुरमा पठाइएको धनुषा प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?