धनुषामा सरस्वती पूजाको दिन डिजे बजाउनमा प्रतिबन्ध

२०८० माघ २९, सोमबार ०७:३३

जनकपुरधाम, माघ २९ गते । सरस्वती पूजाको अवसरमा चर्को स्वरमा डिजे बाजा बजाउनबाट जिल्ला प्रशासन कार्यालय धनुषाले प्रतिबन्ध लगाएको छ । सरस्वति पूजाको नाममा अमानवीय गतिविधिहरु देखिन थालेपछि जिल्ला प्रशासन कार्यालयले यस्तो निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले आज सोमबार एक सुचना जारी गर्दै अगामी फाल्गुन २ गते विभिन्न शैक्षिक संस्था, सरस्वती मन्दिर लगायत अन्य स्थानहरुमा सरस्वती पूजा मनाउने दिन रहेको छ ।

त्यस अवसरमा मूर्ति विसर्जन गर्ने क्रममा चर्को स्वरमा डि.जे. बाजा बजाई अश्लिल गीतमा नाच्ने, लागु औषध तथा मादक पदार्थको सेवन गरी होहल्ला गर्ने, बाटोमा हिड्ने बालबालिकाहरुलाई जिस्काउने, एक आपसमा झगडा गर्ने, जबर्जस्ती रंग/ अविर दल्ने, पूजाका लागि भनी चन्दा / रकम उठाउने जस्ता गतिविधिहरु नगर्नको जिल्ला प्रशासन कार्यलय धनुषाले अनुरोध गरेको छ ।

तर्सथ अवाञ्छित, अनैतिक, सामाजिक विकृती हुने खालका गैर कानुनी गतिविधि गरेको पाइएमा कानून बमोजिम कारवाही समेत गर्ने सुचनामा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?