यात्रुवाहक बस दुर्घटनाहुँदा  रौतहटको एक जना सहित ९ जनाको मृत्यु

२०८० फाल्गुन ३, बिहीबार ०१:३७

जनकपुरधाम, फाल्गुन ३ गते । कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत  शिवराज नगरपालिका-१ सुरही पुल नजिकै सु प प्र ०२–००१ ख ००९८ नम्बरको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रदेश कार्यालय बुटवलले जनाएको छ ।

प्रहरीका अनुसार महेन्द्रनगरबाट काठमाडौ आउँदै गरेको सुनौलो महाकाली यातायातको बस राति २ बजेतिर सडकबाट २०० मिटर तल खसेको छ ।

दुर्घटनाबाट ३० जना घाइते भएका र त्यसमध्ये ९ जनालाई उपचारका लागि बुटवल रिफर गरिएको छ । अन्यको कपिलवस्तुकै सन्जिवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको छ ।

मृतकमध्ये रौतहटका नारायणबहादुर भण्डारीको मात्रै सनाखत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?