जनकपुरधाम, फाल्गुण ०३ गते । हिजो सरस्वति पूजाको दिन भ्यालेन्टाइन डे मनाउन गएकी एक बालिकालाई उनको प्रेमीले बलात्कार गरेको घटना बाहिरिएको छ ।
बुधबार घरबाट सरस्वति पूजामा जान्छु भन्दै भ्यालेन्टाइन डे मनाउन प्रेमीसँग निस्केकी बालिकालाई सिरहाको लहान स्थित एक होटेलमा लगेर बलात्कार गरेको छ । हिजो दिउँसो घरबाट निस्केकी सिरहा–१६ लाई उनका प्रेमीले लहानको होटेलमा लगेको र बलात्कार गरेको प्रारम्भिक बयान दर्ज गरिएको हो ।
सिरहाको बरियारपट्टि नगरपालिका बस्ने बालिकालाई सिरहाको सुखिपुर नगरपालिका वडा नं. २ बस्ने एक युवकले बलात्कार गरेको जनाईएको छ । सोही आरोपमा एक युवक पक्राउ परेका छन् । उनको नाम भने अहिले सार्वजनिक गरिएको छैनन् ।
बालिका रक्ताम्य अवस्थामा होटेलमै अचेत देखिएपछि प्रहरीलाई खवर गरिएको थियो । प्रहरी घटनास्थल पुगेर सर्च अपरेशन गर्दा एक जनालाई बालिकाको बयानको आधारमा पक्राउ गरेको हो। भने यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको हो।






