सरस्वतीको मूर्ति सेलाउन जाने क्रममा रौतहटमा झडप, एक जना घाइते

२०८० फाल्गुन ३, बिहीबार ११:५७

रौतहट, फाल्गुन ३ गते । रौतहटको ईशनाथ नगरपालिकामा सरस्वती माताको मूर्ति सेलाउन जाने क्रममा झडप हुँदा एकजना घाइते भएका छन्।

ईशनाथ–५ जटहरा गाउँबाट सरस्वती माताको मूर्ति लिएर डुमरिया गाउँ छेउ अडुवा नदीमा सेलाउन जाने क्रममा मोतिपुर गाउँमा झडप भएको हो। केही मानिसले ढुंगामुढा गर्दा स्थानीय नरेश पासवानको टाउको फुटेको तथा अन्य कैयौँ लाई चोटपटक समेत लागेका हुन्।

घटना भएको खबर पाएपछि लगत्तै रौतहट प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठ घटनास्थल पुगेका छन्। हाल हिन्दु समुदायका मानिसहरू मूर्ति बाटोमा राखेर धर्नामा बसेका छन्। थप विवरण आउन बाँकी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?