बाल्टीको पानीमा डुबेर एक बालिकाको मृत्यु 

२०८० फाल्गुन ६, आईतवार १०:५५

कैलाली, फागुन ६ गते । बाल्टीको पानीमा डुबेर शनिबार दिउँसो एक बालिकाको मृत्यु भएको छ । टीकापुर नगरपालिका-१ शान्तिनगर बस्ने सृजना चौधरीको १ वर्षीया छोरी आरोही चौधरीको घरको नल्का नजिकै भरिएको बाल्टीको पानीमा डुबेर मृत्यु भएको हो ।

सोही नगरपालिका-१ चमेलीपुर मामा घर आएकी अवस्थामा खेल्ने क्रममा डुबेर अशक्त भएकी उनको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?