जनकपुरधाम, फागुन ६ गते । मधेश प्रदेशसभा बैठक दश मिनेटका लागि स्थगित गरिएको छ । सदन सुरु हुने बितिकै जनतम पार्टीले बैठकअवरुद्ध गरेपछि सभामुखले १० मिनेटका लागि सदन स्थगित गरिएको सूचना दिएका छन् ।
जनमत पार्टीका प्रमुख सचेतक चन्दन सिंहले मुख्यमन्त्रीकै उपस्थितिमा ९ माघमा कृषि विश्वविद्यालयको शिलान्यासमा क्याबिनेट मन्त्रीमाथि हमला भएको टिप्पणी गरेका थिए ।
सदन सुरु हुनुभन्दा पहिला त्यसको जवाफ चाहिएको भन्दै जनमत पार्टीले सदन चल्न नदिएपछि प्रदेश सभामुख रामचन्द्र मण्डलले सदन स्थगनबारे जानकारी गराएका थिए ।सप्तरीमा भएको घटनाप्रति मुख्यमन्त्रीले क्षमायाचना माग्नुपर्ने जनमत पार्टीले सदनमा माग गरेको छ ।






