महावीर पुनको पुस्तकले ४ करोड आम्दानी

२०८० फाल्गुन १३, आईतवार १०:४७

फागुन १३, डेस्क जनकपुर।राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको जीवन कथामा आधारित पुस्तक ५० हजारभन्दा बढी प्रति बिक्री भएको छ । गत असोज २८ मा सार्वजनिक भएको ‘महावीर पुन- सम्झना, सपना र अविरल यात्रा’ पुस्तक पाँच महिनाको अवधिमा यो सङ्ख्यामा बिक्री भएको हो ।

पुस्तकको मूल्य ७५० रुपैयाँ तोकिएको छ । सोही सङ्ख्यालाई ५० हजार प्रतिले गुणन गर्दा तीन करोड ७५ लाख रुपैयाँ हुन आउँछ । पुनले पुस्तक बिक्री गरेर आएको आम्दानीले वीरगञ्जमा रहेको कृषि औजार कारखानाको मर्मत सम्भार गर्ने बताएका छन् ।

पुस्तक बिक्रीका लागि पुन देशका विभिन्न जिल्ला गइरहेका छन् । अहिले उनी पुस्तक बिक्री गर्न बर्दियाको गुलरियामा छन् । अब बाँके जाने तयारी भइरहेको उनले सुनाए । उनको पुस्तक विदेशमा पनि बिक्री भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?