जनकपुर। भारतीय टाटासुमोले मटिहानी-जनकपुर सडकखण्डमा ट्र्याक्टलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। भने एकजना घाइते भएका छन्।
मृत्यु हुनेमा महोत्तरीको पिपरा गाउँपालिका–५ का ६० वर्षीय अकवर राइन र धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ का ६० वर्षीय राजकिशोर यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिएका छन्।
जनकपुरतिरबाट मटिहानीतर्फ जाँदै गरेको बी आर ०६ पी डी ३३३० नम्बरको टाटासुमोले गएराति पिपरा–१ स्थित सडकखण्डमा पिपराबाट मटिहानि तिर जाँदै गरेको मधेश प्रदेश ०१ त ३००९ नम्बरको ट्र्याक्टरलाई ठक्कर दिएको थियो। ठक्करबाट ट्र्याक्टरमा पछाडि बसेका राइनको मृत्यु भएको थियो भने सोही क्रममा टाटासुमोले विपरित दिशाबाट साइकलमा आउँदै गरेका यावदलाई ठक्कर दिएको थियो।
सोही टाटासुमोको ठक्करबाट ट्र्याक्टरमा सवार पिपरा–५ का ६० वर्षीय झप्सी कवाडी गम्भीर घाइते भएका छन्। उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। टाटासुमो पनि मटिहानी –४ स्थित सडक छेउमा पल्टिएर दुर्घटना भएको छ। भने चालक फरार रहेका प्रहरीले बताएका छन्। यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएका छन्।






