जनकपुरधाममा सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले मनाए ११४ औँ अन्तराष्ट्रिय महिला दिवस 

२०८० फाल्गुन २४, बिहीबार १६:०५

जनकपुरधाम,फाल्गुन २४ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाममा मिति २०८० फाल्गुन २३ गते विहिवारका दिन मधेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्रालयका अगुवाईमा धनुषाका विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरु नेपाल प्रहरी, सशत्र प्रहरी, माइती नेपाल, आफ्न्त नेपाल, इन्सेक नेपाल, जिल्ला युवा संजाल, आशमाान नेपाल, मोनास्टिक वोर्डिङ्ग स्कुल लगायत विभिन्न युएन ऐजेन्सीहरु संयुक्त रुपमा मनाए ११४ औँ अन्तराष्ट्रिय महिला दिवस ।

मधेश प्रदेशका राजधानी धनुषाका जनकपुरधाम उपमहानगरपालिका का जनक चौकमा ११४ औँ अन्तराष्ट्रिय महिला दिवस मनाउनका लागी विभिन्न्न संघसंस्थाका प्रतिनिधिहरु, सरकारी कर्मचारी, नेपाल प्रहरी, सशत्र प्रहरी तथा समाजिक अभियान्ताहरु सवैजना एकै ठाउँमा भेला भई एउँटै व्यानरमुनी प्रभातफेरी कार्यक्रमका आयोजना गरिएको थियो । ११४ औँ अन्तराष्ट्रिय महिला दिवसका अवशरमा आयोजना गरिएका प्रभातफेरी कार्यक्रम विहान करीब ८ बजे जनकपुरधाम उपमहानगरपालिका का जनक चौकबाट महिलामा लगानी सभ्य र समुन्नत समाजका थालनी नाराका साथ प्रभातफेरी निकाली शिवचौक, भानु चौक, मिल्स ऐरिया हुदै खेलकुल तथा समाज कल्याण मन्त्रालयमा कोण सभामा परिनत भयो ।

११४ औँ अन्तराष्ट्रिय महिला दिवसका अवसरमा आयोजना गरिएका प्रभातफेरी कार्यक्रम कोणसभामा परिणत पश्चात विभिन्न अधिकारकर्मीहरुले आफ्नो मन्तव्य राखे र सोही कार्यक्रमका समापन मन्तव्य राख्दै खेल्कुद तथा समाज कल्याण मन्त्रालयका समाजिक महाशाखा प्रमुख तथा उप सचिव देवकुमारी खत्री ज्यूले आफ्नो भनाई राख्नेक्रममा यो ८ र ७ मार्च मात्रै होइन हामी महिला अधिकारका क्षेत्रमा सधै संधर्श गरिरहनु पर्छ र हामी नलडेसम्म अधिकार पाउँदैनौ भने विभिन्न पत्रपत्रिका तथा मेडियाहरुमा आएका लेखहरु र हिंसामा परेका महिला दिदिबहिनीहरुका कथावेथाले प्रष्ट पारेका छ भने आफ्नो धारणा व्यक्त गर्नभयो, सुनसरी जिल्लाका घट्ना विहे गर्नेवेलामा राजीखुशीले गर्ने र विहे भैसकेपछि दहेजका निउहमा घरबाट निकाला गरि हिंसा गरिएका उदाहरणका रुपमा सुनाउनुदै मधेश प्रदेशका दिदिबहनीहरुले पनि घरेलुहिंसा, वलात्कार, वेचविखन जस्ता लगायतका हिंसा खपीरहेको चिन्ता व्यक्त गर्नुभयो, महिलामा लगानी र सभ्य समुन्नत समाजका थालनी नारालाई व्याख्या गर्दै महिलामा लगानी गर्नुपर्छ महिलामा लगानी नगरेसम्म सभ्य समाजका निमार्ण हुन सक्दैन अझै महिलामा लगानी बढाइएको छैना राज्यपक्षबाट पनि भेदभाव भएको समझिदै सरकारी तथा विकास सबै साझेदार संस्थाहरुले लैङ्गिक हिंसा तथा महिला हिंसका अन्तगर्ने तर्फ लाग्नु साथै राज्यपक्षलाई स्थानी तह देखी लिएर केन्द्रसम्म महिलामा लागानी बढाउनका लागी दवाव सृजना गर्नुपर्छ भन्दै ११४ औँ अन्तराष्ट्रिय महिला दिवसका सम्पुर्णमा शुभकामना दिदै कार्यक्रमको समापनका घोषणा गर्नभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?