जनकपुरधाम सहित आज देशभरि महाशिवरात्रि मनाइँदै

२०८० फाल्गुन २५, शुक्रबार ०२:२७

जनकपुरधाम, फागुन २५ गते । आज महाशिवरात्रि पर्व भगवान शिवको उपासना गरी जनकपुरधाम सहित देशभरीमा मनाइँदैछ। मधेश प्रदेशको हरेक शिव मन्दिरहरु लगायत जनकपुरको शिव मन्दिर, जलेश्वरको जलेश्वरनाथ मन्दिरहरुमा आज विहानैदेखि भक्तजनको भीड लागेको छ।

महाशिवरात्रि भगवान शिव उत्पत्ति भएको दिन र भगवान शिवजी र माता पार्वतीको विवाह भएको दिन समेत हो। हिन्दू धर्ममा यस पर्वको विशेष महत्व रहेको छ।

महाशिवरात्रि आराध्यदेव भगवान शिवको उपासना गरिने हिन्दूहरुको मुख्य चाड हो। देशभरका शिवालयहरुमा हर्षोल्लासका साथ भगवान शिवको पूजा आराधना गरी यो पर्व मनाइँदै छ।

हिन्दूधर्ममा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिहरुको विशेष महत्व रहेको छ। आजको दिन उपवास गरी शिवको पूजा आराधान गर्नाले भोग र मोक्ष दुवै प्रप्ति हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ।

आज देश विदेशबाट आएका शिवभक्तहरुको पशुपतिनाथ मन्दिर परिसरमा बिहानैदेखि घुइँचो लागेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?